नेपालको संविधान

PARTS

35

SCHEDULE

9

ARTICLES

308

Articles

हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता;

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै;

राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक-पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;

सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै;

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै;

जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न;

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौं ।

View

View

View

View

View

View

नेपालको राष्ट्रिय झण्डा बनाउने तरीका (क) किनाराभित्रको आकार बनाउने तरीका (१) एउटा सिम्रिक रंगको रातो कपडामा तल्लो भागमा चाहिएको जति लम्बाइको रेखा बायाँबाट दाहिनेतिर खिच्ने र यसलाई क ख नाम राख्ने । (२) क बाट सीधा माथि ग सम्म क ख को लम्बाइ जतिमा क ख कै तृतीयांश थप्दा जति हुन्छ त्यति लामो हुने गरी क ग रेखा खिच्ने । क ग मा क बाट क ख को लम्बाइ जति लिई घ चिनो लगाउने । ख र घ जोड्ने । (३) ख घ रेखामा ख बाट क ख जति लिई ङ चिनो लाउने । (४) ङ हुँदै क ख को समानान्तर पारेर क ग मा पर्ने बिन्दु च बाट शुरु गरी दाहिनेतिर छ सम्म क ख को लम्बाइ जति रेखा खिच्ने । (५) ग र छ लाई जोड्ने । (ख) चन्द्र बनाउने तरीका (६) क ख को चतुर्थांश जति क बाट दाहिनेमा ज चिनो लाउने र त्यहाँबाट माथि क ग को समानान्तर पारेर ग छ लाई झ मा छुने रेखा खिच्ने । (७) ग च को आधा ञ बाट क ख को समानान्तर पारेर रेखा दायाँतिर खिची ग छ लाई ट मा छुने । (८) ञ ट र ज झ रेखा काटिएको ठाउँमा ठ चिनो राख्ने । (९) ञ र छ जोड्ने । (१०) ञ छ र ज झ काटिएको बिन्दुमा ड चिनो लाउने । (११) ड लाई केन्द्र मानी ख घ रेखालाई न्यूनतम अन्तर पर्ने गरी स्पर्श गर्दा हुने जति दूरी पर्ने गरी ज झ रेखाको तल्लो भागमा ढ चिनो लगाउने । (१२) ड मा छोई क ख को समानान्तर रेखा बायाँबाट दायाँतिर खिच्ने र यसले क ग लाई छोएको बिन्दुको नाम ण राख्ने । (१३) ठ केन्द्र लिएर ठ ढ व्यासार्द्धले तल्लो भागमा वृत्त खण्ड खिच्ने र ण ड बाट गएको रेखालाई यसले छोएको दुवै ठाउँमा क्रमशः त र थ नाम राख्ने । (१४) ड लाई केन्द्र मानी ड थ व्यासार्द्धले तल्लो भागमा अर्ध वृत्ताकार त थ लाई छुने गरी खिच्ने । (१५) ढ केन्द्र मानी ढ ड को व्यासार्द्धले त ढ थ वृत्त खण्डको दुवैतर्फ छुने गरी वृत्त खण्ड खिच्ने र यसले त ढ थ लाई छोएको विन्दुहरूको नाम क्रमशः द र ध राख्ने । द ध लाई जोड्ने । द ढ र ज झ काटिएको विन्दुको नाम न राख्ने । (१६) न लाई केन्द्र मानेर व्यासार्द्ध न ध ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी अर्ध वृत्ताकार खिच्ने । (१७) न लाई केन्द्र मानेर व्यासार्द्ध न ड ले त ढ थ को माथिल्लो भागमा दुवै ठाउँमा छुने गरी वृत्त खण्ड खिच्ने । (१८) यस अनुसूचीको नं. (१६) को अर्ध वृत्ताकार भित्र र नं. (१७) को वृत्त खण्ड बाहिर चन्द्रमाको आठवटा बराबरका कोण बनाउने । (ग) सूर्य बनाउने तरीका (१९) क च को आधा प बाट क ख को समानान्तर पारेर ख ङ मा छुने गरी प फ रेखा खिच्ने । (२०) ज झ र प फ काटिएको विन्दु ब केन्द्र मानेर ड ढ को व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने । (२१) ब लाई केन्द्र मानेर ठ ढ व्यासार्द्धले वृत्ताकार पूरा खिच्ने । (२२) यो अनुसूचीको नं. (२०) को वृत्ताकार बाहिर र यो अनुसूचीको नं. ( २१) को वृत्ताकारभित्र परेको गोल घेराको बीच भागमा सूर्यको बाह्रवटा बराबरका कोणहरू दुई चुच्चाहरूले ज झ रेखामा छुने गरी बनाउने । (घ) किनारा बनाउने तरीका (२३) न ढ को चौडाइ जति गाढा नीलो रंगको किनारा झण्डाको आकारको बाहिरी सबैतिरको सीमामा थप्ने, तर झण्डाको पाँच कोणहरूमा चाहिं बाहिरी कोणहरू पनि भित्रै सरहका बनाउने । (२४) झण्डा डोरी लगाई प्रयोग गरेमा माथि बताइएकै पट्टी राख्ने । झण्डा लट्ठीमा घुसार्ने हो भने क ग पिट्ट आवश्यक परे जति किनारा चौड्याउने । डोरी वा लट्ठीको प्रयोगमा क ग को पट्टीमा प्वाल राख्ने । स्पष्टीकरण: झण्डा बनाउँदा खिचिएका ज झ द ध, च ङ, ङ घ, ञ छ, ण थ, ञ ट र प फ रेखाहरू कल्पित हुन् । त्यस्तै सूर्यका बाहिरी र भित्री वृत्ताकारहरू तथा खुर्पे चन्द्र बाहेक अरु वृत्त खण्ड पनि कल्पित हुन् । यिनलाई झण्डामा देखाइँदैन । द्रष्टव्य: राष्ट्रिय झण्डाको आकार नेपाल सरकारले निर्धारण गरे बमोजिम हुनेछ ।

View

सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-महाकाली। प्रकृतिका कोटि-कोटि सम्पदाको आँचल वीरहरूका रगतले स्वतन्त्र र अटल । ज्ञानभूमि, शान्तिभूमि, तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।।

View

द्रष्टव्य: यो निशान छाप आवश्यकता अनुसार ठूलो वा सानो आकारको बनाउन सकिनेछ । त्यसमा नेपाल सरकारबाट निर्धारित रंगको प्रयोग हुनेछ ।

View

प्रदेश नं. १ क्र.सं. जिल्ला १ ताप्लेजुङ २ पाँचथर ३ इलाम ४ संखुवासभा ५ तेह्रथुम ६ धनकुटा ७ भोजपुर ८ खोटाङ ९ सोलुखुम्बु १० ओखलढुंगा ११ उदयपुर १२ झापा १३ मोरङ १४ सुनसरी प्रदेश नं. २ क्र.सं. जिल्ला १ सप्तरी २ धनुषा ३ महोत्तरी ४ सर्लाही ५ रौतहट ६ बारा ७ पर्सा ८ सिराहा प्रदेश नं. ३ क्र.सं. जिल्ला १ दोलखा २ रामेछाप ३ सिन्धुली ४ काभ्रेपलाञ्चोक ५ सिन्धुपाल्चोक ६ रसुवा ७ नुवाकोट ८ धादिङ ९ चितवन १० मकवानपुर ११ भक्तपुर १२ ललितपुर १३ काठमाडौं प्रदेश नं. ४ क्र.सं. जिल्ला १ गोरखा २ लमजुङ ३ तनहुँ ४ कास्की ५ मनाङ ६ मुस्ताङ ७ पर्वत ८ स्याङजा ९ म्याग्दी १० बाग्लुङ ११ नवलपरासी (बर्दघाटसुस्ता पूर्व) प्रदेश नं. ५ क्र.सं. जिल्ला १ नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) २ रूपन्देही ३ कपिलबस्तु ४ पाल्पा ५ अर्घाखाँची ६ गुल्मी ७ रुकुम (पूर्वीभाग) ८ रोल्पा ९ प्यूठान १० दाङ ११ बाँके १२ बर्दिया प्रदेश नं. ६ (कर्णाली प्रदेश) क्र.सं. जिल्ला १ रुकुम (पश्चिमभाग) २ सल्यान ३ डोल्पा ४ जुम्ला ५ मुगु ६ हुम्ला ७ कालिकोट ८ जाजरकोट ९ दैलेख १० सुर्खेत प्रदेश नं. ७ क्र.सं. जिल्ला १ बाजुरा २ बझाङ ३ डोटी ४ अछाम ५ दार्चुला ६ बैतडी ७ डडेल्धुरा ८ कञ्चनपुर ९ कैलाली

View

क्र.सं. विषयहरू १ रक्षा र सेना सम्बन्धी (क) राष्ट्रिय एकता र भौगोलिक अखण्डताको संरक्षण (ख) राष्ट्रिय सुरक्षा सम्बन्धी २ युद्ध र प्रतिरक्षा ३ हातहतियार, खरखजाना कारखाना तथा उत्पादन सम्बन्धी ४ केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा ५ केन्द्रीय योजना, केन्द्रीय बैंक, वित्तीय नीति, मुद्रा र बैंकिङ्ग, मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण ६ परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघ सम्बन्धी ७ अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारस्परिक कानूनी सहायता र अन्तर्राष्ट्रिय सीमा, अन्तर्राष्ट्रिय सीमा नदी, ८ दूरसञ्चार, रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक ९ भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क दस्तुर, दण्ड जरिबाना १० संघीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा ११ जलस्रोतको संरक्षण र बहुआयामिक उपयोग सम्बन्धी नीति र मापदण्ड १२ अन्तरदेशीय तथा अन्तरप्रदेश विद्युत प्रसारण लाइन १३ केन्द्रीय तथ्यांक ( राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर ) १४ केन्द्रीय स्तरका ठूला विद्युत, सिंचाइ र अन्य आयोजना तथा परियोजना १५ केन्द्रीय विश्वविद्यालय, केन्द्रीयस्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय १६ स्वास्थ्य नीति, स्वास्थ्य सेवा, स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन, राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा, सरुवा रोग नियन्त्रण १७ संघीय संसद, संघीय कार्यपालिका, स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचना १८ अन्तर्राष्ट्रिय व्यापार, विनिमय, बन्दरगाह, क्वारेन्टाइन १९ हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल २० राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन २१ सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानून २२ नागरिकता, राहदानी, भिसा, अध्यागमन २३ आणविक ऊर्जा, वायुमण्डल र अन्तरिक्ष सम्बन्धी २४ बौद्धिक सम्पत्ति ( पेटेन्ट, डिजाइन, टे्रडमार्क र प्रतिलिपि अधिकार समेत ) २५ नाप-तौल २६ खानी उत्खनन २७ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा २८ बीमा नीति, धितोपत्र, सहकारी नियमन २९ भूउपयोग नीति, बस्ती विकास नीति, पर्यटन नीति, वातावरण अनुकूलन ३० फौजदारी, देवानी कानूनको निर्माण ३१ सुरक्षित छापाखाना ३२ सामाजिक सुरक्षा र गरीबी निवारण ३३ संवैधानिक निकायहरू, राष्ट्रिय महत्वका आयोगहरू ३४ पुरातात्विक महत्वका स्थान र प्राचीन स्मारक ३५ संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय तथा यो संविधान र संघीय कानूनमा नतोकिएको

View

क्र.सं. विषयहरू १ प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा २ नेपाल राष्ट्र बैंकको नीति अनुरुप वित्तीय संस्थाहरूको सञ्चालन, सहकारी संस्था, केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग ३ रेडियो, एफ.एम, टेलिभिजन सञ्चालन ४ घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना ५ प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा ६ प्रदेश तथ्यांक ७ प्रदेश स्तरको विद्युत, सिचाइ र खानेपानी सेवा, परिवहन ८ प्रदेश विश्वविद्यालय, उच्च शिक्षा, पुस्तकालय, संग्रहालय ९ स्वास्थ्य सेवा १० प्रदेश सभा, प्रदेश मन्त्रिपरिषद सम्बन्धी ११ प्रदेशभित्रको व्यापार १२ प्रदेश लोकमार्ग १३ प्रदेश अनुसन्धान ब्युरो १४ प्रदेश सरकारी कार्यालयहरूको भौतिक व्यवस्थापन र अन्य आवश्यक विषय १५ प्रदेश लोक सेवा आयोग १६ भूमि व्यवस्थापन, जग्गाको अभिलेख १७ खानी अन्वेषण र व्यवस्थापन १८ भाषा, लिपि, संस्कृति, ललितकला र धर्मको संरक्षण र प्रयोग १९ प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापन २० कृषि तथा पशु विकास, कलकारखाना, औद्योगिकीकरण, व्यापार व्यवसाय, यातायात, २१ गुठी व्यवस्थापन

View

क्र.सं. विषयहरू १ फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथ(कानूनी मान्यता, सार्वजनिक कार्य र अभिलेख र न्यायिक प्रक्रिया) २ आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन ३ देशको सुरक्षासँग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था ४ एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण ५ पारिवारिक मामिला(विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार)सम्बन्धी कानून ६ सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सृजना ७ करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धी ८ टाट पल्टेको र दामासाही सम्बन्धी ९ औषधि र विषादि १० योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन ११ सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य १२ कानून व्यवसाय, लेखापरीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा १३ प्रदेश सीमा नदी, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता १४ सञ्चार माध्यम सम्बन्धी १५ उद्योग तथा खनिज र भौतिक पूर्वाधार १६ क्यासिनो, चिठ्ठा १७ प्राकृतिक तथा गैर प्राकृतिक विपद पूर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ १८ पर्यटन, खानेपानी तथा सरसफाइ १९ चलचित्र, सिनेमा हल, खेलकूद २० बीमा व्यवसाय सञ्चालन र व्यवस्थापन २१ गरीबी निवारण र औद्योगीकरण २२ वैज्ञानिक अनुसन्धान, विज्ञान प्रविधि र मानव संसाधन विकास २३ अन्तरप्रादेशिक रूपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र जल उपयोग २४ भूमि नीति र सो सम्बन्धी कानून २५ रोजगारी र बेरोजगार सहायता

View

क्र.सं. विषयहरू १ नगर प्रहरी २ सहकारी संस्था ३ एफ.एम सञ्चालन ४ स्थानीय कर(सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिष्टे्रशन शुल्क, सवारी साधन कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर(मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन ५ स्थानीय तथ्यांक र अभिलेख संकलन ६ स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू ७ आधारभूत र माध्यमिक शिक्षा ८ आधारभूत स्वास्थ्य र सरसफाइ ९ स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण र जैविक विविधता १० स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ ११ गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन १२ स्थानीय अभिलेख व्यवस्थापन १३ घर जग्गा धनी पुर्जा वितरण १४ कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी १५ ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन १६ बेरोजगारको तथ्यांक संकलन १७ कृषि प्रसारको व्यवस्थापन १८ संचालन र नियन्त्रण १९ खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा २० विपद व्यवस्थापन २१ जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण २२ भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

View

क्र.सं. विषयहरू १ सहकारी २ शिक्षा, खेलकूद र पत्रपत्रिका ३ स्वास्थ्य ४ कृषि ५ विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू ६ सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क ७ वन, जंगल, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता ८ खानी तथा खनिज ९ विपद व्यवस्थापन १० सामाजिक सुरक्षा र गरीबी निवारण ११ व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक १२ पुरातत्व, प्राचीन स्मारक र संग्रहालय १३ सुकुम्बासी व्यवस्थापन १४ प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी १५ सवारी साधन अनुमति