Manage Part: भाग-३५

नेपालको संविधान   भाग-३५

३०७. संक्षिप्त नाम र प्रारम्भ:

(१) यस संविधानलाई नेपालको संविधान भनिनेछ । (२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।

३०८. खारेजी:

नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।